Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रौतहटको गौर हत्याकाण्डका पीडितद्वारा गठित संघर्ष समिति र र गृहमन्त्रालयबीच सहमति

रौतहटको गौर हत्याकाण्डका पीडितद्वारा गठित संघर्ष समिति र र गृहमन्त्रालयबीच सहमति

  • मंगलवार, श्रावण २३ २०८०

  • 534
    SHARES

  • रौतहटको गौर हत्याकाण्डका पीडितद्वारा गठित संघर्ष समिति र र गृहमन्त्रालयबीच सहमति

    काठमाडौं । रौतहटको गौर हत्याकाण्डका पीडितद्वारा गठित संघर्ष समिति र र गृहमन्त्रालयबीच मंगलबार ५ बुँदे सहमति भएको छ ।

    मन्त्रालय र संर्घर्ष समितिका प्रतिनिधीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार २०६३ चैत ७ गते भएको त्यस घटनालाई लिएर परेका जाहेरीसमेतलाई आधार मानेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने र दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याइने उल्लेख छ ।

    यस्तै मन्त्रिपरिषद्‍बाट सहिद घोषणा भएका घटनाका मृतकको नाम राजपत्रमा प्रकाशित गरिने, सहिद घोषणा हुन बाँकीका हकमा पनि प्रकृया अगाडि बढाइने, उपचार गराइरहेका घाइतेलाई उचित प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने र उपचार खर्चका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अनुरोध गर्ने सहमति भएको छ ।

    गृहमन्त्रालयका तर्फबाट प्रवक्तासमेत रहेका सहसचिव नारायणप्रसाद भट्टराई र संघर्षत समितिका तर्फबाट समिती अध्यक्ष रुपसागरदेवी उपाध्यायले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।


    मंगलवार, श्रावण २३ २०८००१:५९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij