Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

संसदको अवरोध हटाउने विषयमा सभामुख घिमिरेसहित शीर्ष नेताको बैठक आज पनि बस्ने

संसदको अवरोध हटाउने विषयमा सभामुख घिमिरेसहित शीर्ष नेताको बैठक आज पनि बस्ने

  • मंगलवार, श्रावण २३ २०८०

  • 270
    SHARES

  • संसदको अवरोध हटाउने विषयमा सभामुख घिमिरेसहित शीर्ष नेताको बैठक आज पनि बस्ने

    काठमाडौं । एमालेले गर्दै आएको संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ ।

    सभामुख घिमिरेसहित हिजो बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएपछि आज पुनः बैठक बस्न लागेको हो ।

    सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच हिजो दुईपटक छलफल भएको थियो । पहिलो चरणमा दिउँसो १ बजे सिंहदरबारमा र दोस्रो चरणमा साढे ३ बजेपछि बसेको बैठक निष्पर्कविहीन भएको थियो ।

    सरकार र एमालेबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक हिजो पनि बस्न सकेन । एमालेले करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । एमालेको मागमा सरकार सहमत भएको छैन ।

     

     


    मंगलवार, श्रावण २३ २०८००७:२६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij