Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

संसद्को गतिरोध हटाउन तीन दलका शीर्ष नेता फेरि छलफलमा

संसद्को गतिरोध हटाउन तीन दलका शीर्ष नेता फेरि छलफलमा

  • सोमवार, श्रावण २२ २०८०

  • 498
    SHARES

  • संसद्को गतिरोध हटाउन तीन दलका शीर्ष नेता फेरि छलफलमा

    काठमाडौं । संसद्‍मा जारी गतिरोध अन्त्य र संसदीय समितिको भागबन्डा मिलाउन प्रमुख तीन दलका शीर्ष नेताहरू पुनः छलफलमा जुटेका छन् । संसद् भवन नयाँ बानेश्वरमा सोमवार अपराह्न शीर्ष नेताहरू पुनः छलफलमा जुटेका हुन् । 

    बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा आजै दिउँसो तीन नेताबीच २ घण्टा लामो छलफल चलेको थियो ।

    विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागमा सत्तापक्ष सहमत नहुँदा गतिरोध अन्त्य भएको छैन । 

    दलहरूबीच सहमतिको प्रयास जारी रहेको भन्दै दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधि सभा बैठक ४ बजेका लागि सारिएको छ । ४ बजे बल्ल शीर्ष नेताहरू छलफलमा जुटेकोले बैठक फेरि पनि निर्धारित समयमा बस्न नसक्ने भएको छ ।

    सुन तस्करीको उच्चस्तरीय छानबिन माग गर्दै एमालेले साउन १० गते प्रतिनिधि सभा अवरुद्ध गरेको थियो । त्यसयताका बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । 


    सोमवार, श्रावण २२ २०८००४:१९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij