Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

संसदीय समितिमा सत्तागठबन्धन र एमालेबीच भागबन्डा मिल्यो, राप्रपा र रास्वपाले पाएनन्

संसदीय समितिमा सत्तागठबन्धन र एमालेबीच भागबन्डा मिल्यो, राप्रपा र रास्वपाले पाएनन्

  • सोमवार, श्रावण २२ २०८०

  • 522
    SHARES

  • संसदीय समितिमा सत्तागठबन्धन र एमालेबीच भागबन्डा मिल्यो, राप्रपा र रास्वपाले पाएनन्

    काठमाडौँ ।संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका १० र संयुक्त २ वटा संसदीय समितिको भागबण्डामा सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच भागबन्डा मिलेको छ ।

    प्रमुख सचेतक र सचेतकहरूको बैठक बसेर भागबन्डा टुंगो लगाएका हुन् । यो सहमतिलाई शीर्ष नेताहरूको बैठक बसेर अनुमोदन गर्ने तयारी छ। भागवण्डामा नेपाली कांग्रेसले चार, नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुई, जनमत र समाजवादी पार्टीले एक–एक समितिको सभापति पाउने छन्।

    संसद्‍को चौँथौ ठूलो दल रास्वपा र पाँचौ राप्रपालाई भने कुनै समितिको सभापतिमा भागबन्डा दिइएको छैन।

    प्रारम्भिक सहमतिअनुसार कांग्रेसले अर्थ, कृषि, संसदीय सुनुवाइ र राज्यव्यवस्था, नेकपा एमालेले सार्वजनिक लेखा समिति, महिला तथा बालबालिका र राज्यका निर्देशक सिद्धान्त समितिको सभापति लिने छन्। त्यस्तै, माओवादी केन्द्रले कानून र विकास समिति लिने छ।

    जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध समिति, जनमतले उद्योग र नेकपा एकीकृत समाजवादीले शिक्षा समितिको सभापति पाउने भएका छन्। प्रारम्भिक सहमति भए पनि शीर्ष नेताहरूको छलफलका क्रममा केही समितिमा फेरबदल हुन सक्ने बताइएको छ। यद्यपि, समितिको संख्यामा भने फेरबदल नहुने बताइएको छ।

     


    सोमवार, श्रावण २२ २०८००२:५८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij