Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

संसद्को अवरोध खुलाउने विषयमा शीर्ष नेताबीच सहमति हुन सकेन, साढे ३ बजे पुनः छलफल

संसद्को अवरोध खुलाउने विषयमा शीर्ष नेताबीच सहमति हुन सकेन, साढे ३ बजे पुनः छलफल

  • सोमवार, श्रावण २२ २०८०

  • 325
    SHARES

  • संसद्को अवरोध खुलाउने विषयमा शीर्ष नेताबीच सहमति हुन सकेन, साढे ३ बजे पुनः छलफल
    काठमाडौं । संसद् अवरोध खुलाउन बसेको शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले गरिरहेको संसद् अवरोध खुलाउनेबारे शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको हो । यद्यपि छलफल सकारात्मक रुपमा अगाडि बढेको नेताहरूले बताएका छन् । शीर्ष नेताहरूको छलफल साढे ३ बजे फेरि सुरु हुने बताइएको छ ।
     
    दिउँसो १२ बजे बसेको शीर्ष नेताहरूको बैठकमा सदन सञ्चालन गर्ने विषयमा सबै नेताहरू सैद्धान्तिक रुपमा सहमत भए पनि यसबारे ठोस निर्णय भएको छैन ।
     
    प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै नेताहरू सदन चलाउने विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ । तर साढे ३ बजे फेरि बस्ने बैठकले सदन खुलाउने विषयलाई टुंगोमा पुर्‍याउने उहाँले संकेत गर्नुभएको छ ।
     
    यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनबाट महत्त्वपूर्ण निर्णय गर्नुपर्ने भएकाले बैठक सदन चलाउने विषयमा नै केन्द्रित रहेको बताउनुभयो । ’अवरुद्ध हुँदै आएको संघीय संसद् कसरी सञ्चालन गर्ने भन्ने विषयमा नै छलफल केन्द्रित छ । ३ः ३० मा फेरि छलफल हुनेछ । संसद्‍बाट गर्नुपर्ने धेरै महत्त्वपूर्ण काम अगाडि बढाउनुपर्ने छ । यसका लागि सहमति हुन्छ । कुरा सकारात्मक छ,’ लेखकले भन्नुभएको छ ।
     
    एमालेका सचेतक महेश बर्तौलाले भने प्रधानमन्त्रीले उच्चस्तरीय छानबिन समितिको माग नगर्न आग्रह गरेको जानकारी दिनुभयो ।आज १ बजेका का लागि बस्ने भनिएको संसद् भने अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ ।
     
     


    सोमवार, श्रावण २२ २०८००२:४७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij