Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सांसदहरु संसद भवनमा, सभामुख, प्रधानमन्त्रीलगायत नेताहरु सिंहदरबारमा

सांसदहरु संसद भवनमा, सभामुख, प्रधानमन्त्रीलगायत नेताहरु सिंहदरबारमा

  • सोमवार, श्रावण २२ २०८०

  • 638
    SHARES

  • सांसदहरु संसद भवनमा, सभामुख, प्रधानमन्त्रीलगायत नेताहरु सिंहदरबारमा

    काठमाडौं । प्रतिनिधिसभाको बैठक सुचारु गर्नका लागि सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका नेताहरु छलफल गरिरहेका छन् । यता संसद भवन नयाँ बानेश्वरमा भने सांसदहरु बैठकको प्रतिक्षामा रहेका छन् ।

    सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइए पनि संसदको गतिरोध अन्त्य गर्न बसेको छलफल नसकिँदा निर्धारित समयमा प्रतिनिधिसभा बैठक बस्न सकेको छैन ।

    सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख ३ दलका प्रमुख सचेतकहरु छलफलमा रहेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट तस्करीको सुन भित्रिएको विषयमा उच्चस्तरीय छानविन आयोग बनाउन माग गर्दै गत साउन १० गते बसेको प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेको थियो ।

     


    सोमवार, श्रावण २२ २०८००१:४८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij