Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

  • सोमवार, श्रावण २२ २०८०

  • 368
    SHARES

  • ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं । ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पूर्वमन्त्रीहरू गच्छदारसहित डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाहविरुद्ध पुर्जी जारी भएको हो।
    पूर्वमन्त्रीहरूविरुद्ध ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४ सय ६ जनाविरुद्ध पक्राउ पूर्जी लिइसकेको छ ।


    सोमवार, श्रावण २२ २०८०११:१०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij