Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सकियो माओवादीको केन्द्रिय कमिटी बैठक,घरघरमा पुग्न प्रचण्डको निर्देशनसहित यी निर्णयहरु भए...

सकियो माओवादीको केन्द्रिय कमिटी बैठक,घरघरमा पुग्न प्रचण्डको निर्देशनसहित यी निर्णयहरु भए...

  • आइतवार, श्रावण २१ २०८०

  • 291
    SHARES

  • सकियो माओवादीको केन्द्रिय कमिटी बैठक,घरघरमा पुग्न प्रचण्डको निर्देशनसहित यी निर्णयहरु भए...

    काठमाडौं।नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठक आज सकिएको छ। बैठकमा आज पार्टी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेसँगै बैठक सकिएको हो। बैठकले तीन महिने पार्टी रूपान्तरण विषेश अभियान सञ्चालन गर्ने भएको छ।

    बैठकले आगामी भदौ १६ देखि मङ्सिर १५ गतेसम्म ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो।अभियानमा माओवादीका सबै नेता नागरिकको घरघरमा परिचालन हुनेछन्।

    अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्ड पनि सातै प्रदेशका सातवटा वडामा गएर नागरिकसँग प्रत्यक्ष साक्षात्कार गर्ने योजना छ।बैठकमा उहाँले एउटा पनि घर नछाडिकन अभियानमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो।

    पार्टीका नेता कार्यकर्ताको घरमा गएर पनि माओवादीको भ्रष्टाचार विरोधी र विकासको अभियानबारे बुझाउन पनि प्रचण्डको निर्देशन छ।यस्तै प्रचण्डले आफूहरूविरुद्ध घेराबन्दी भइरहेको पनि दाबी गर्नुभएको छ।

    नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको उहाँको भनाइ थियो। अहिले पनि पार्टीका नेताहरूलाई जेल हाल्ने विषय उठ्नु गम्भीर विषय भएकाले सचेत रहन उहाँले निर्देशन दिनुभयो।


    आइतवार, श्रावण २१ २०८००५:५३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij