Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सभामुख घिमिरेलाई विवेकशील साझाले बुझायो सांस्कृतिक नक्सा

सभामुख घिमिरेलाई विवेकशील साझाले बुझायो सांस्कृतिक नक्सा

  • आइतवार, श्रावण २१ २०८०

  • 419
    SHARES

  • सभामुख घिमिरेलाई विवेकशील साझाले बुझायो सांस्कृतिक नक्सा

    काठमाडौं। विवेकशील साझा पार्टीले प्रकाशन गरेको साँस्कृतिक नक्सा आज सभामुख देवराज घिमिरेलाई पनि हस्तान्तरण गरेको छ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, प्रवक्ता आशुतोष प्रधान,केन्द्रीय सदस्यहरु नवराज थापा,सुरज प्रधान, मिलन परियार, निरञ्जन चापागाईं,चन्द्र श्रेष्ठ सम्मिलित टोलीले सभामुख घिमिरेलाई नक्सा हस्तान्तरण गरेको हो।

    प्राचीन राष्ट्र नेपालको सुगौली सन्धि अगाडिको भू–भाग र वर्तमान भू–भागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथादेखि बौद्ध स्तूपासम्म, पशुपतिनाथदेखि काँक्रेविहारसम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन्।

    विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नुपर्ने दायित्व स्मरण गराउँदै नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालाहरुलाई स्मरण गराउने अभियान चलाइरहेको छ ।

     


    आइतवार, श्रावण २१ २०८००४:३२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij