Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

‘यसकारण जबराविरुद्ध महाअभियोग दर्ता गर्यौं, आज पनि घेराबन्दीमै छौं,’ : प्रधानमन्त्री प्रचण्ड

‘यसकारण जबराविरुद्ध महाअभियोग दर्ता गर्यौं, आज पनि घेराबन्दीमै छौं,’ : प्रधानमन्त्री प्रचण्ड

  • आइतवार, श्रावण २१ २०८०

  • 649
    SHARES

  • ‘यसकारण जबराविरुद्ध महाअभियोग दर्ता गर्यौं, आज पनि घेराबन्दीमै छौं,’ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुविरुद्ध घेराबन्दी भइरहेको बताउनु भएको छ।

    गत बुधबारदेखि जारी केन्द्रीय समिति बैठकलाई आज (आइतबार) सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको बताउनु भयो।

    ‘तिनका षड्यन्त्र परास्त गर्न राजनितिक दलले पनि सहयोग गरेर तिनलाई महाअभियोग लगाउनु पर्ने अवस्था आयो’ उहाँले भन्नुभयो,‘हामीमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता थियो र आज पनि छ।’ उहाँले थप्नुभयो, ‘आज पनि लिडरसिप र पार्टीमाथि घेरावन्दी छ, जेल हाल्ने कुरा गरेका छन् अझै ।’

    यद्यपि यो बैठकबाट पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको बताउनुभयो। ‘वाद प्रतिवाद र संवादमार्फत पार्टी एकढिक्का र एकतावद्ध भयो भन्ने लागेको छ’ ३ महिना अभियान चलाएपछि पार्टी नयाँ बन्ने उहाँले दाबी गर्नुभयो ।


    आइतवार, श्रावण २१ २०८००४:१६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij