काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा संचालनमा ल्याएको मोवाइल क्लिनिकको एम्बुलेन्स १ हप्ता पनि टिकेन । गैरकानुनी रुपमा रंग परिवर्तन गरेर संचालनमा ल्याएको पाईएपछी एम्बुलेन्स रास्वपाले सम्बविधत संस्थालाइ नै फिर्ता गरेको हो ।
रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरेर ‘मोबाइल क्लिनिक’का रुपमा सञ्चालन ल्याएको खबर बाहिर आएपछि उसले एम्बुलेन्स पुरानो मेडकिल कलेज भरतपुरलाई नै फिर्ता गरेको हो ।
वृद्धवृद्धा (६५ वर्षभन्दा माथिका)लाई गाउँगाउँमा गएर स्वास्थ्य उपचार गर्न भन्दै रास्वपा चितवनले पार्टी सभापति रबि लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित भएको सय दिन पुगेको अवसरमा साउन १७ गतेबाट मोवाइल क्लिनिकमा रुपमा एम्बुलेन्स संचालनमा ल्याएको थियो ।
तर पुरानो सेतो एम्बुलेन्सलाई रंग परिवर्तन गरेर गैर कानुनी रुपमा निलो बनाएर संचालनमा ल्याइएको भन्दै बिवाद भएपछि फिर्ता गरिएको हो ।अब उक्त एम्बुलेन्सको सट्टा अर्काे एम्बुलेन्सको व्यवस्था गरेर मोबाइल क्लनिकिको रुपमा चलाउने तयारी गरिएको रास्वपाका नेताहरुले बताएका छन् ।
रंग परिवर्तन गरिएको उक्त एम्बुलेन्स नेपाल स्थित भारतीय दूतावासले ११ वर्ष अगाडि पुरानो मेडकिल कलेजलाई दिएको थियो । १० वर्ष पुरानो एम्बुलेन्स चलाउन नमिल्ने प्रावधान रहेकोमा रास्वपाले ११ वर्ष पुरानो त्यो पनि रंग परिवर्तन गरेर संचालनमा ल्याएपछि प्रश्न उठेको हो ।
रास्वपाका सभापति लामिछानेले मोबाइल क्लिनिकका लागि प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको र मोबाइल क्लिनिक चालू रहेको उल्लेख गर्नुभएको छ । लामछिानेले सामाजिक संजालमा छिट्टै २ वटा एमबुलेन्स संचालनमा आउने उल्लेख गर्नुभएको छ । ब्लु बसमा पनि कुनै समस्या नभएको उहाँको भनाई छ ।