Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

‘सुन प्रकरणमा दोषी प्रमाणित भए कानुनी कठघरमा उभिन तयार छु’

‘सुन प्रकरणमा दोषी प्रमाणित भए कानुनी कठघरमा उभिन तयार छु’

  • शनिवार, श्रावण २० २०८०

  • 378
    SHARES

  • ‘सुन प्रकरणमा दोषी प्रमाणित भए कानुनी कठघरमा उभिन तयार छु’

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन प्रकरणको छानबिन प्रक्रिया अगाडि बढाउन माग गर्नु भएको छ। आज जारी पार्टी केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै पुनले छानबिन प्रक्रिया अगाडी बढाउन आग्रह गर्नुभएको हो ।

    क्वीन्टल सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुनको तस्बिरहरू सार्वजनिक भएका छन्। बैठकमा केन्द्रीय सदस्यहरूले सुन काण्डमा मुछिएका नेताहरूले मिडियामा विज्ञप्ति जारी गरेर नहुने भन्दै सीआईबीमा निवेदन दिनुपर्ने धारणा राखेका थिए।

    त्यसबारे जवाफ दिँदै पुनले दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार रहेको बताउनु भएको हो।यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोड्ने चेतावनी दिनु भएको थियो।

    पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै यदि प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने चेतावनी दिनु भएको हो।

     


    शनिवार, श्रावण २० २०८००३:४५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij