Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डलाई जनमतको पत्र, के छ त्यो ज्ञापनपत्रमा ?

प्रधानमन्त्री प्रचण्डलाई जनमतको पत्र, के छ त्यो ज्ञापनपत्रमा ?

  • शनिवार, श्रावण २० २०८०

  • 395
    SHARES

  • प्रधानमन्त्री प्रचण्डलाई जनमतको पत्र, के छ त्यो ज्ञापनपत्रमा ?

    काठमाडौं ।मधेसलाई सुख्खा क्षेत्र घोषणा गर्न र राहत उपलब्ध गराउन माग गर्दै जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।आज बिहान जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान नेतृत्वको टोलीले मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।

    ज्ञापनपत्रमा मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत दिनुपर्ने, विरगञ्जसहितका सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था अविलम्ब गर्नु पर्न, सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, सिँचाइको लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्नु पर्ने, पानीको अभावले बिरामी परेकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्नु पर्ने माग उल्लेख छ ।

    ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले तराई मधेसमा खानेपानीमा देखिएको समस्याको बारेमा आफू जानकार रहेको र खानेपानी तथा सिँचाइको विकल्पको बारेमा सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ ।

    ट्याङ्करबाट भएपनि जनतालाई खानेपानीको व्यवस्था गरिने र खानेपानीको अभावले भएको बिरामीको उपचारको व्यवस्था गरिने प्रधानमन्त्रीले बताउनुभएको छ ।


    शनिवार, श्रावण २० २०८०१२:५८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij