Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

क्विन्टल सुन प्रकरण छानबिनको जिम्मा सीआईबीलाई

क्विन्टल सुन प्रकरण छानबिनको जिम्मा सीआईबीलाई

  • शुक्रवार, श्रावण १९ २०८०

  • 358
    SHARES

  • क्विन्टल सुन प्रकरण छानबिनको जिम्मा सीआईबीलाई

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनेबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसबारे छलफल भएको थियो ।

    छलफलमा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना, महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्य सहभागी हुनुहुन्थ्यो। सुन कारोबारको प्रकृति ‘सङ्गठित’ देखिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुङ्गानाले प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुभएको थियो ।

    छलफलमा महान्यायाधिवक्ता डा. पोखरेलले सङ्गठित अपराधको अनुसन्धान प्रहरीको कार्यक्षेत्र भएको उल्लेख गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले गर्नुपर्ने बताउनुभएको थियो। सुन तस्करीको ‘सङ्गठित जालो’ बारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले सिआईबीलाई लेखेर पठाउनुपर्छ ।

    हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मगाएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेर अनुसन्धान गरिरहेको छ । ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो ।

    सो प्रकरणमा हालसम्म चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् । सुन तस्करीमा संलग्न आरोपमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका रामकुमार भुजेल, दिलीप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक, थाप्तेन छिरिङ र बेल्जियन नागरिक दावा छिरिङसहित १७ जना पक्राउ परेका हुन् ।


    शुक्रवार, श्रावण १९ २०८००२:०४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij