Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमालेले राष्ट्रिय सभा बैठक पनि चल्न नदिने

एमालेले राष्ट्रिय सभा बैठक पनि चल्न नदिने

  • बिहिवार, श्रावण १८ २०८०

  • 458
    SHARES

  • एमालेले राष्ट्रिय सभा बैठक पनि चल्न नदिने

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले राष्ट्रिय सभाको बैठक पनि चल्न नदिने भएको छ । प्रतिनिधिसभाको बैठकमा साउन १० देखि अवरोध गर्दै आएको एमालेले राष्ट्रिय सभाको १ बजे बोलाइएको बैठक पनि चल्न नदिने जनाएको छ । 

    एमालेको राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले संसद् बैठक चल्न नदिने निर्णय भएको जानकारी दिनुभयो । क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेकाले राष्ट्रिय सभाको बैठक पनि चल्न नदिने उहाँको भनाइ छ । 

    अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो । भन्सार यार्ड पार गरेर बाहिरिएको क्विन्टल सुन बरामद भएको दुई साता बितिसक्दा तस्करीमा प्रयोग भएका व्यक्ति मात्र पक्राउ परेका छन् । 

    सुन बरामद हुँदा एक भन्सार एजेन्ट र एक ट्याक्सी चालक पक्राउ परेका थिए । त्यसबाहेक भन्सार अधिकृत, तीन भन्सार एजेन्ट र तीन विदेशी नागरिकसहित १७ जना समातिएका छन् ।

    राजश्व अनुसन्धान विभागले यो प्रकरणको छानबिन गरिरहेको छ । एमालेले भने उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।


    बिहिवार, श्रावण १८ २०८०१२:४६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij