Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कोशीमा मन्त्रीहरुको भागबण्डा टुंगियो, को–को बन्दैछन् ?

कोशीमा मन्त्रीहरुको भागबण्डा टुंगियो, को–को बन्दैछन् ?

  • बुधवार, श्रावण १७ २०८०

  • 1.0K
    SHARES

  • कोशीमा मन्त्रीहरुको भागबण्डा टुंगियो, को–को बन्दैछन् ?

    काठमाडौं । पहिलो चरणमा बन्ने मन्त्री र मन्त्रालयको भागबन्डाबारे कोशी प्रदेशमा सत्तागठबन्धनबीचमा सहमति भएको छ । सहमतिसँगै बिहान साढे १० बजे रोकिएको शपथग्रहण कार्यक्रम आजै बेलुका ५ बजे हुने तय भएको छ ।

    सत्ता गठबन्धनको बैठकपछि माओवादीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र नेकपा एसलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको हो । गठबन्धनको बहुमत पुर्‍याउन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री हुने भएका छन् ।

    उनको नेतृत्वमा सरकारमा जाने माओवादीमा सहमति भएको छ । सहमतिपछि आजै शपथग्रहण कार्यक्रम हुने भएको छ ।

    एकिकृत समाजवादीका कमल प्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री हुने छन् । नेपाली कांग्रेसका प्रदीप सुनुवारलाई भने सामाजिक विकास मन्त्रालयको जिम्मा दिने तयारी भएको छ । थप मन्त्रीको नियुक्ति भने सरकारले विश्वासको मत लिएपछि मात्र गर्ने तयारी छ ।

    प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।


    बुधवार, श्रावण १७ २०८००२:१४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij