Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

  • बुधवार, श्रावण १७ २०८०

  • 366
    SHARES

  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ।

    काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुने बैठकमा ३ सय ८५ केन्द्रीय सदस्य, १ सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १ सय पदाधिकारी तथा विभिन्न आयोगका ७५ जना गरी ७ सय ५८ जना सहभागी हुने पार्टीले जनाएको छ।

    बैठकमा महासचिव देवप्रसाद गुरुङले बैठकको एजेन्डा तथा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ। पाँच दिनसम्म चल्ने बैठकमा सबै केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनमा धारणा राख्न पाउनेछन्। बैठकको प्रत्यक्ष प्रसारण अध्यक्ष दाहालको फेसबुक पेजबाट गर्ने निर्णय गरेको पदाधिकारी बैठकले गरेको छ।

    यो निर्णयप्रति कतिपय केन्द्रीय सदस्यहरूले आपत्ति जनाएपछि आज बिहान बस्ने स्थायी समिति बैठकले अन्तिम निर्णय लिने पार्टीले जनाएको छ।

    १३ महिनापछि बस्न लागेको बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँट, सङ्गठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विधान तथा विशेष महाधिवेशन, सरकार र सदनलगायत विषयमा छलफल हुने जनाइएको छ।


    बुधवार, श्रावण १७ २०८००६:३९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij