Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सुदूर पश्चिम सरकारमा जान नागरिक उन्मुक्ति तयार, यस्तो छ वार्केनिङ्ग...

सुदूर पश्चिम सरकारमा जान नागरिक उन्मुक्ति तयार, यस्तो छ वार्केनिङ्ग...

  • मंगलवार, श्रावण १६ २०८०

  • 554
    SHARES

  • सुदूर पश्चिम सरकारमा जान नागरिक उन्मुक्ति तयार, यस्तो छ वार्केनिङ्ग...

    काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टी तयार भएको छ।आज (मंगलबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको वार्तापछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो।

    नाउपाले कृषि मन्त्री र कृषी राज्यमन्त्री पाउने सहमति भएकाले बिहिबार सरकारमा सहभागी हुने नाउपाका एक नेताले जानकारी लिए। त्यसका लागि भोलि बुधबार नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने छ ।

    नाउपा साउन ८ गते नै सरकारमा सहभागी हुन तयारी गरेको थियो । तर मन्त्रालय भागवण्डा नमिल्दा रोकिएको थियो ।त्यसैगरी नाउपाले प्रदेशमा दुईवटा संसदीय समितिको सभापति पनि पाउने भएको छ।

    नाउपालाई सरकारमा सहभागी गराउने विषयमा सोमबार प्रधानमन्त्री दाहाल,सुदुर पश्चिममा मुख्यमन्त्री कमल बहादुर शाह,नाउपाकी अध्यक्ष एवं भूमी व्यवस्था तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठ र पार्टी नेता रेशम चौधरीबीच छलफल भएको थियो।

    रेशमले सहमति बनेकाले बिहिबार सरकारमा सहभागी हुने कुरा सामाजिक संजालमा लेख्नु भएको छ ।


    मंगलवार, श्रावण १६ २०८००१:३८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij