Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणःआरोपी नेताहरु जिल्ला अदालतविरुद्ध रिट बोकेर पुगे उच्च अदालतमा

शरणार्थी प्रकरणःआरोपी नेताहरु जिल्ला अदालतविरुद्ध रिट बोकेर पुगे उच्च अदालतमा

  • मंगलवार, श्रावण १६ २०८०

  • 635
    SHARES

  • शरणार्थी प्रकरणःआरोपी नेताहरु जिल्ला अदालतविरुद्ध रिट बोकेर पुगे उच्च अदालतमा

    काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका नेताहरु उच्च अदालत पाटन पुगेका छन्। आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा माग गर्दै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगाएतका आरोपीहरु उच्च अदालत पुगेका हुन् ।

    मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै उनीहरुले थुनामुक्त गर्ने आदेश माग गरेका छन् । उच्च अदालत पाटनले खाँण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

    यसअघि नै निवेदन दिएकाहरुको हकमा उच्च अदालत पाटनको आदेश अनुसार जिल्ला अदालतबाट प्रतिवेदन पेस भइसकेको छ।जिल्ला अदालतको आदेशविरुद्ध निवेदन परेपछि उच्च अदालतले सम्बन्धित जिल्ला अदालतलाई ‘कैफियत प्रतिवेदन’ पठाउन आदेश दिन्छ ।

    सम्बन्धित व्यक्तिमाथिको अभियोग र त्यसका आधारमा गरिएको आदेशको आधारसहित तयार पारिएको विस्तृत विवरणलाई कैफियत प्रतिवेदन भनिन्छ ।कैफियत प्रतिवेदन प्राप्त भएपछि उच्च अदालतले सुनुवाइसहित जिल्लाको आदेशको परीक्षण गरी थप आदेश सुनाउँछ ।


    मंगलवार, श्रावण १६ २०८००१:१७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij