काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौं महानगरपालिकासँग पार्टी कार्यालय नभत्काइदिन विन्ती गरेको छ। मापदण्ड विपरित बनेको धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय भत्काउन महानगरको टोली पुगेपछी रा्रपाले तत्काल नभत्काइदिन आग्रह गर्दै ३५ दिन समय मागेको हो ।
महानगरले आज सोमबार नै पार्टी कार्यालय भत्काउने तयारी गरेपछि राप्रपाका केही नेताहरूले महानगरको कार्यालय पुगेर ३५ दिन समय मागेका हुन्। पार्टी कार्यालय हाइटेन्सन तारमुनि भएको र नक्सापाससमेत नभएको भन्दै महानगरले भकाउन थालेको हो ।
महानगरले यसअघि पटकपटक आग्रह गर्दासमेत अटेरी गरेपछी गत शुक्रबार तिन दिने अल्टिमेटम दिएको थियो। तिन दिनसम्म पनि कार्यलय नहटाएपछी महानगरको टोलि आज डोजर र दलबलसहित धुम्बाराहि पुगेको थियो ।