काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता राजनीतिमा लागेपछि बढी बिग्रिएको बताउनु भएको छ। आज(सोमबार) आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा उहाँले काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लक्षित यस्तो कटाक्ष गर्नुभएको हो।
“राजनीतिमा लागेका नेता अलि बढी बिग्रिए, बिग्रन्छन् । किनभने, एकजना नेता नेता हनुभन्दा अगाडि र्याप गाउँथे। कस्तो र्याप गाउँथे भने नेताजति सबै चोर हुन्, चोर हुन भनेर र्याप गाउँथे,” उहाँले भन्नुभयो,“ पछि नेता भएपछि त्यो र्याप नमिलेजस्तो लाग्ने ।”
उहाँले राजनीति भ्रष्ट, छुल्याहा नीति नभएको बताउनु भयो। राजनीतिमा अपवित्र पवित्र हुने, बेठिकको ठीक नहुने बताउनु भयो । राजनीति सबै नीतिको मुहान भएकाले फोहोर पार्नु नहुने उहाँको भनाइ छ।
“सबै मुहान फोहोर छैनन्,” उहाँले भन्नुभयो, “कतिपय नेता बिग्रिए भन्नुपर्यो। बिग्रिएकाले अरु पनि म जस्तै भनेर कराए । सबै नेता बिग्रिएका हुँदैनन् ।” ओलीले नेपालमा अब महिलाहरुको ३३ प्रतिशतको लडाइँ सकिएको बताउनु भयो ।