Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

राप्रपाको पार्टी कार्यालय भत्काउन महानगरले प्रशासन गुहार्यो

राप्रपाको पार्टी कार्यालय भत्काउन महानगरले प्रशासन गुहार्यो

  • सोमवार, श्रावण १५ २०८०

  • 478
    SHARES

  • राप्रपाको पार्टी कार्यालय भत्काउन महानगरले प्रशासन गुहार्यो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रिय पार्टी कार्यालयमा डोजर चलाउने वा नचलाउने विषयमा काठमाडौं महानगरको टोलिसहितको सरोकारवाला निकायले प्रमुख जिल्ला अधिकारी प्रजिअसँग छलफल सुरु गरेका छ।

    महानगरपालिकाले हाईटेन्सन लाइनको तल मापदण्ड विपरित बनाईएको कार्यालय रहेको भन्दै डोजर चलाउने तयारी गरेपछि राप्रपाका कार्यकर्ताले अवरोध गरेका थिए।डोजर चलाउन अवरोध भएसँगै महानगरका पदाधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई गुहारेका हुन्।

    पदाधिकारीले अहिले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसँग छलफल गरिरहेका छन् । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले छलफल जारी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले छलफल भइरहेको छ ।’

    छलफलमा काठमाडौँका एसएसपी दानबहादुर कार्की, महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे र विद्युत्त प्राधिकरणका प्रतिनिधि सहभागी रहेका श्रेष्ठले जानकारी दिनुभयो ।


    सोमवार, श्रावण १५ २०८००४:२१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij