काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पार्टी केन्द्रिय कार्यालय भत्काउन काठमाडौँ महानगरपालिकाको टोली डोजर र दलबलसहित धुम्बाराही पुगेको छ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा मापदण्डविपरीतको उक्त भवन भत्काउन लागिएको हो। महानगरले गत शुक्रबार तीन दिनको अल्टिमेट दिएर कार्यलय खाली गर्न भनेको थियो।
सरकारी मापदण्डविपरीत बनाइएको धुम्बाराहीस्थित पार्टी कार्यालय भत्काउन दिएको तीन दिने अल्टिमेटम सकिएपछि आज महानगरको टोली आउने थाहा पाएपछि राप्रपाका नेता कार्यकर्ताह तैनाथ बनेका छन् । महानगरको टोली डोजरसहित पार्टी कार्यालय पुगेपछी राप्रपा कार्यकर्ताहरुले अवरोध गर्न खोज्दा स्थिति तनावपुर्ण समेत बनेको छ।
काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सुरक्षाको कारण देखाउँदै चार महिनादेखि भवन खाली गर्न महानगरले माइकिङ गर्दै आएपनि अहिलेसम्म सुचनाको अटेरी गरेपछी महानगरको टोली आँफै आईपुगेको जानकारी दिनुभयो । पाण्डेले जुनसुकै हालतमा उक्त भवन खाली गर्नुपर्ने बताउनु भएको छ।