Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

यसकारण बस्दै नबसी स्थगित भयो प्रतिनिधिसभाको बैठक..

यसकारण बस्दै नबसी स्थगित भयो प्रतिनिधिसभाको बैठक..

  • सोमवार, श्रावण १५ २०८०

  • 562
    SHARES

  • यसकारण बस्दै नबसी स्थगित भयो प्रतिनिधिसभाको बैठक..

    काठमाडौं। प्रतिनिधिसभाको आज बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ।अबैध सुन तस्करी प्रकरणका सन्दर्भमा प्रमुख प्रतिपक्षी एमालेले संसद अबरुद्ध गर्दै आएकोमा आजको बैठक पनि सोही आशंकाका बिच स्थगित भएको हो ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ । यसमा सत्तापक्ष तयार भएको छैन। यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो ।

    आज पनि एमालेले त्यही अडान राखेपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक भोली मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको सभामुखको सचिवालय स्रोतले बताएको छ।

    यसअघि आज विहान संसद खुलाउने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेता छलफलमा बसेका थिए । छलफलमा अवरोध खुलाउने प्रयास भएपनि सार्थकता पाउन सकेन ।


    सोमवार, श्रावण १५ २०८००२:३३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij