काठमाडौं। काठमाडौं महानगरपालिकाले सामाखुशी खोलानै ढाक्ने गरी बनाइएका कंक्रिट संरचना (स्ल्याब) हटाउन सुरू गरेको छ।काठमाडौंको सामाखुशी खोलामाथि अनधिकृत रुपमा बनाईएका कंक्रिट संरचना हटाउन महानगरले डोजर चलाएको हो।
महानगरले सामाखुशी खोला अतिक्रमण गरेर बनाइएका कंक्रिट ढलान, छोप्न प्रयोग भएका सामानहरु हटाउन केही दिनअघि सूचना समेत जारी गरेको थियो।सूचनालाई वेवास्ता गरेका कारण महानगरपालिकाले आजदेखि ती संरचनाहरु हटाउन सुरू गरेको जनाएको छ ।
महानगर प्रहरीका अनुसार छड्के बाटोको पुलबाहेक सबै सरचना भत्काइने छ। सामाखुशी खोला किनारमा स्थानीयले घर बनाउँदा सडकका लागि छोड्नुपर्ने ४ मिटर क्षेत्र नछोडिकन घर बनाएर खोला माथि स्ल्याब ढलान राखेर बाटोको रुपमा प्रयोग गरेको महानगरले जनाएको छ।