Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सरकारको भ्रष्टाचारविरोधी कदम रोकिनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

सरकारको भ्रष्टाचारविरोधी कदम रोकिनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

  • आइतवार, श्रावण १४ २०८०

  • 313
    SHARES

  • सरकारको भ्रष्टाचारविरोधी कदम रोकिनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टचारविरुद्ध र सुशासनको पक्षमा गरेका महत्वपूर्ण कामहरुले जनतामा नयाँ आशाको रक्तसञ्चार गराएको बताउनुभएको छ। आज काठमाडौंमा आयोजित स्वर्गीय माधवप्रसाद मरहट्ठाको स्मृतिमा लेखिएको पुस्तक ‘माधव सर’को लोकार्पण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

    प्रधानमन्त्री प्रचण्डले सरकारले पछिल्लो समय गरेका भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा चालेको कदमहरुले जनतामा नयाँ आशासहितको नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै गएको बताउनुभएको हो।

    उहाँले ७ महिनाको अवधिमा सरकारले हासिल गरेका उपलब्धिहरुले इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौति छिचोलेर पनि अघि बढ्न सकिन्छ भन्ने विश्वास आफूलाई दिएको बताउनुभयो।उहाँले सरकारको भ्रष्टाचार विरोधी अभियानमा दृढतापूर्वक साथ दिएको भन्दै आम नागरिकप्रति आभार पनि व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्री दाहालले सरकारले नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुसार नेपाली जनताको दैनिक जीवन र अवस्था बदल्ने जमर्को गरिरहेको समेत दोहो¥याउनुभयो ।

    त्यस अवसरमा उहाँले मरहट्ठाले माओवादी जनयुद्धको विजारोपण, घोषणा, विकास र त्यसको शान्तिपूर्ण रुपान्तरणमा खेल्नुभएको भुमिकाको प्रशंशा गर्नुभएको थियो । उहाँले मरहट्ठालाई नेपालको कम्युनिष्ट आन्दोलनका एक बौद्धिक व्यक्तित्व एवं राजनीतिक नेताहरुका पनि गुरुको रुपमा चित्रण गर्नुभएको थियो ।


    आइतवार, श्रावण १४ २०८००२:३६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij