काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। आज(आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्तामा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच संसदको जारी अवरोध हटाउनेबारे कुराकानी भएको बताइएको छ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन तस्करी प्रकरणबारे सरकारले जवाफ माग गर्दै संसद अवरोध गर्दै आएको छ ।
गत बुधबारको प्रतिनिधिसभा बैठक एमालेले अवरोध गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्दैछ । एमालेले सोमबार बस्ने बैठकपनि अवरुद्ध गर्ने तयारी गरेपछि प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको हो ।