काठमाडौं।अवैध सुन प्रकरणमा राजश्व अनुसन्धान विभागको टोलीले थप एकजनालाई पक्राउ गरेको छ। रातभर छापा मारेको विभागको टोलीले ठमेलको होटल भियनाका सञ्चालकलाई पक्राउ गरेको हो। होटल सञ्चालक दावा छिरिङलाई पक्राउ गरिएको विभागका एक अधिकारीले जानकारी दिएका हुन् ।
उक्त होटलमा सुन प्रकरणमा जोडिएका व्यक्तिको खोजीका लागि भन्दै विभागको टोलीले गएरातिदेखी बिहानपखसम्मै छापा मारेको थियो। यसअघि सोही प्रकरणमा १७ जना पक्राउ परिसकेका छन्।
छिरिङ पक्राउ परेपछि कुल १८ जना विभागको नियन्त्रणमा रहेका छन् । होटलबाट विभागको टोलीले केही सामग्रीहरु पनि बरामद गरेको थियो।