Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

देशलाई हेर्न र फेर्न सक्ने खुबि अरु पार्टीसँग छैन : केपी ओली

देशलाई हेर्न र फेर्न सक्ने खुबि अरु पार्टीसँग छैन : केपी ओली

  • शनिवार, श्रावण १३ २०८०

  • 382
    SHARES

  • देशलाई हेर्न र फेर्न सक्ने खुबि अरु पार्टीसँग छैन : केपी ओली

    काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताउनु भएको छ। आज (शनिबार) नेपालगन्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले मुलुक बनाउने भिजन एमालेसँग मात्र रहेको दावी गर्नुभयो । एमालेबाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरू कुनै पार्टीसँग नरहेको उहाँको जिकिर छ।

    एमाले ‘मिसन ८४’ मा केन्द्रित रहेको भन्दै अध्यक्ष ओलीले यसलाई सफल बनाउँदै पार्टीको बहुमत आउने गरी तयारी गर्न नेता–कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलिले आउँदो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दावी गर्नुभयो ।

    उहाँले एमालेको नीतिसँग सहमत हुने, विकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरूलाई सँगै लिएर अघि बढ्ने योजना रहेको जानकारी दिनुभयो । अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको भन्दै उहाँले सक्रिय र सतर्कतासाथ योजनाबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।


    शनिवार, श्रावण १३ २०८००४:५७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij