Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै,यस्ता छन् एजेण्डा..

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै,यस्ता छन् एजेण्डा..

  • शनिवार, श्रावण १३ २०८०

  • 610
    SHARES

  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै,यस्ता छन् एजेण्डा..

    काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (शनिबार) अपराह्न बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा अपराह्न ४ बजे पदाधिकारी बैठक बस्न लागेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

    आज बस्ने बैठकले साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने भएको छ। यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो ।

    सोही एजेन्डालाई अन्तिम रूप दिन बालुवाटारमा बैठक बस्न लागेको उपाध्यायको भनाई छ। साउन १७ गतेदेखि तीन दिनसम्म प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बस्ने तयारी छ ।


    शनिवार, श्रावण १३ २०८००३:२८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij