Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कोशीमा कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार, आँफै गर्यो यस्तो प्रस्ताव..

कोशीमा कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार, आँफै गर्यो यस्तो प्रस्ताव..

  • शुक्रवार, श्रावण १२ २०८०

  • 592
    SHARES

  • कोशीमा कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार, आँफै गर्यो यस्तो प्रस्ताव..

    काठमाडौं।कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेससँग मिलेर सरकार गठन गर्नका लागि एमाले तयार रहेको बताउनु भएको छ ।

    विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने प्रस्ट पार्दै देशका ठूला दलहरू एमाले र काङ्ग्रेस मिलेर जान सक्ने बताउनु भएको हो। उहाँले भन्नुभयो, प्रजातन्त्र, सुशासनका लागि काङ्ग्रेससँग कुरा मिले हामीसँगै सरकार बनाएर जान सक्छौं । हामी ओपन छौं ।’

    यस विषयमा कुराकानी भइरहेको बताउँदै कार्कीले भन्नुभयो, ‘मुख्यमन्त्री दिन हामी तयार छौँ । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन ।’

    उहाँले नेकपा एमाले पनि बहुमत पु¥याएर सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा जाने सक्ने बताउनु भयो । उहाँले एमालेले बहुमत पु¥याउनका लागि कोशी प्रदेश सभामा रहेका दलहरूसँग कुराकानी भइरहेको तर अहिलेसम्म फाइनल भइनसकेको बताउनु भयो।


    शुक्रवार, श्रावण १२ २०८००१:०९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij