Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

इटालीको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फर्किए

इटालीको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फर्किए

  • शुक्रवार, श्रावण १२ २०८०

  • 526
    SHARES

  • इटालीको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फर्किए

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता हुनुभएको छ । प्रचण्ड इटालीको भ्रमण सम्पन्न गरी अहिलेकेहिबेरअगाडि स्वदेश फर्किनुभएको हो ।

    संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँ दोहा हुँदै काठमाडौं फर्किनुभएको हो ।

    भ्रमणका क्रममा प्रधानमन्त्रीले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्नुभएको थियो । त्यस्तै रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो।

    संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्नुभएको थियो ।

    त्यस्तै प्रचण्डले विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू तथा इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी)का प्रमुख एल्भारो लाइरोले बेग्ला–बेग्लै भेटवार्ता गर्नुभएको थियो ।

    रोममा रहँदा प्रधानमन्त्री गैरआवासीय नेपाली सङ्घ इटालीले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभएको थियो ।

    भ्रमणका दौरान प्रधानमन्त्रीले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग छलफल गगर्नुभएको थियो ।

    प्रधानमन्त्री नेतृत्वको भ्रमण दलमा उनका स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी थिए।


    शुक्रवार, श्रावण १२ २०८०१०:१९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij