Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अर्थ मन्त्रालयद्वारा लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

अर्थ मन्त्रालयद्वारा लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

  • बिहिवार, श्रावण ११ २०८०

  • 414
    SHARES

  • अर्थ मन्त्रालयद्वारा लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

    काठमाडौं । अर्थ मन्त्रालयले आन्दोलनरत‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न समिति गठन गरेको छ। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिनुभयो ।

    वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहनेछन् ।सो समितिलाई लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समाधानको सिफारिस गर्ने कार्यादेश दिइएको प्रवक्ता शर्माले जानकारी बताउनु भयो।

    उहाँले भन्नुभयो, ‘नेपाल राष्ट्र बैंकले पनि छुट्टै डेस्क राखेर लघुवित्त पीडितको समस्या समाधानको प्रयास गरिरहेको छ। अहिले पनि काठमाडौंमा आन्दोलन जारी नै भएकाले वार्ता मार्फत् पनि समाधानको पहल गर्न समिति गठन भएको हो ।’ समितिले वार्ताका लागि सहजीकरण गरिदिन गृह मन्त्रालयलाई पत्राचार पनि गरेको छ ।


    बिहिवार, श्रावण ११ २०८००५:२३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij