Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरण : चिनियाँ नागरिकको गोदाममा छापा मार्दा भेटियो दारी काट्ने मेशिन

सुन प्रकरण : चिनियाँ नागरिकको गोदाममा छापा मार्दा भेटियो दारी काट्ने मेशिन

  • बिहिवार, श्रावण ११ २०८०

  • 1.5K
    SHARES

  • सुन प्रकरण : चिनियाँ नागरिकको गोदाममा छापा मार्दा भेटियो दारी काट्ने मेशिन

    काठमाडौं । झण्डै सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकले लिएको भाडाको गोदाममा प्रहरी र राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।

    बिहिबार प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित चिनियाँ नागरिकले भाडामा लिएको गोदाममा छापा मारेको हो । सो क्रममा दारी काट्ने मेशिन १ सय कार्टुन फेला पारिएको छ । प्रहरी र विभागको टोलीले अहिले थप अनुसन्धान गरिरहेको छ ।

    साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदैं गर्दा झण्डै १ सय किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो ।

    अहिलेसम्म घटनाको छानबिनका क्रममा एक चिनियाँ, एक भारतीय, भन्सार कर्मचारी,भन्सार एजेन्ट लगायतका गरी १७ जना पक्राउ परिसकेका छन् । सुन प्रकरणको मुख्य ब्यक्ति को हो भन्ने अझै पत्ता लागेको छैन ।

     


    बिहिवार, श्रावण ११ २०८००३:४७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij