Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरणमा छानबिन समितिको मागमा एमालेले गर्यो संसद अवरुद्ध

सुन प्रकरणमा छानबिन समितिको मागमा एमालेले गर्यो संसद अवरुद्ध

  • बुधवार, श्रावण १० २०८०

  • 380
    SHARES

  • सुन प्रकरणमा छानबिन समितिको मागमा एमालेले गर्यो संसद अवरुद्ध

    काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबारको प्रतिनिधि सभा बैठक अबरुद्ध पारेको छ। सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने माग गर्दै एमालेले आजको संसद बैठक अवरुद्ध पारेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको झण्डै सय किलो सुनबारे सरकारको जवाफ नआएसम्म संसद बैठक अघि बढ्न नदिने अडान एमालेले राखेको छ। सभामुख देवराज घिमिरेले सून्य समय प्रारम्भ भएको बताउनासाथ एमालेका सांसदहरुले संसद बैठक अवरोध गरेका हुन् ।

    सभामुख घिमिरेले एमाले सांसदहरुलनाई पटक –पटक आ–आफ्नो सिटमा बस्न अनुरोध गरेपनि एमाले सांसदहरुले नमानेपछि प्रतिनिधि सभा बैठक साउन १५ गते सोमबार बस्नेगरी स्थपगत भएको छ ।साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले विमानथलबाट बाहिरिदै गर्दा उक्त परिमाणको सुन बरामद गरेको थियो ।


    बुधवार, श्रावण १० २०८००४:५२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij