Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

गृह र अर्थमन्त्रीले राजीनामा नदिए सदनमै अनसन बस्छु : सुनिल शर्मा

गृह र अर्थमन्त्रीले राजीनामा नदिए सदनमै अनसन बस्छु : सुनिल शर्मा

  • बुधवार, श्रावण १० २०८०

  • 601
    SHARES

  • गृह र अर्थमन्त्रीले राजीनामा नदिए सदनमै अनसन बस्छु : सुनिल शर्मा

    काठमाडौं। नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनु भएको छ।

    सुन तस्करीमा प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले अनुसन्धान प्रक्रियालाई सहज बनाउन राजीनामा दिनुपर्ने उहाँको जिकिर छ ।

    प्रतिनिधि सभाको बैठकमा उहाँले भने, ‘उहाँहरुले यो अनुसन्धानलाई सहज बनाउनको लागि अहिलेलाई मुख्य सुनको मालिक पत्ता नलागेसम्म राजीनामा गरेर प्रजातान्त्रिक यो अभ्यासलाई कदर गर्नुपर्छ।’

    गृहमन्त्री र अर्थमन्त्रीले मुख्य नाइकेलाई नसमाते प्रधानमन्त्रीको आगमनपछि सदनभित्रै आमरण अनसन बस्ने चेतावनी दिनुभयो।


    बुधवार, श्रावण १० २०८००३:३८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij