Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन एमालेको माग

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन एमालेको माग

  • बुधवार, श्रावण १० २०८०

  • 369
    SHARES

  • सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन एमालेको माग

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ। आज जारी प्रतिनिधी सभा बैठकमा छानबिन समितिको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने भन्दै एमाले सांसदहरुले अवरोध गरेका छन्।

    आजको बैठक सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले कर्मचारीको सेटिङले मात्रै सुन तस्करी नभएको दावी गर्नुभयो । रेडी ट्रेडले ३३ पटक विभिन्न नाममा क्वन्टिलका क्वीन्टल सुन भित्र्याएको उनको दाबी थियो।

    गिरीले सोध्नुभयो, ‘यसरी भइरहेको सुन तस्करीलाई संरक्षण गर्ने काम गृहमन्त्रीले अर्थमन्त्रीले र प्रधानमन्त्रीले गर्नुभएको हो कि होइन ?’

    गिरीले संसदबाट उच्चस्तरीय छानविन समिति गठन गर्नका लागि रुलिङ गर्न सभामुख समक्ष माग गर्नुभयो । उहाँले गृहमन्त्री पदमा बस्न योग्य नरहेको आरोप लगाउँदै गृहमन्त्रीले स्टन्टबाजी गर्दै भ्रम छर्ने काम गरेको टिप्पणी गर्नुभयो ।

     


    बुधवार, श्रावण १० २०८००३:३४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij