Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

खाँणबारे सहमती खोज्न बैठकअघि कांग्रेस नेताहरू सुटुक्क छलफलमा

खाँणबारे सहमती खोज्न बैठकअघि कांग्रेस नेताहरू सुटुक्क छलफलमा

  • बुधवार, श्रावण १० २०८०

  • 442
    SHARES

  • खाँणबारे सहमती खोज्न बैठकअघि कांग्रेस नेताहरू सुटुक्क छलफलमा

    काठमाडौं। नेपाली कांग्रेसको नेताहरू केन्द्रीय समिति बैठकअघि छलफलमा जुटेका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत, प्रमुख सचेतक रमेश लेखक, प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा र मुख्यसचिव कृष्णप्रसाद पौडेल छलफलमा जुटेका हुन्।

    गत साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने सम्भावना छ । आजसम्म सभापति शेरबहादुर देउवाबाहेक अरूले केन्द्रीय समितिमा धारणा राखिसकेका छन्। केन्द्रीय समिति आज अपराह्न ४ बजे सानेपामा बस्दैछ।

    उक्त बैठकले नीति अधिवेशन मितिलगायत विषयमा निर्णय गर्नेछ। कांग्रेसले १० एजेन्डामाथि केन्द्रीय समितिमा छलफल गरेको थियो। बैठकका निर्णयबारे समझदारी जुटाउन सभापति देउवाले निवास धुम्बाराहीमा मंगलबार बेलुकी छलफलसमेत गरेका थिए।

    केन्द्रीय सदस्य बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा रहेकोले निलम्बन गर्नुपर्ने आवाज उठेको छ। यस विषयमा के गर्ने भन्ने नेताहरूबीच समझदारी जुटाउन निरन्तर बैठक भइरहेका छन्।


    बुधवार, श्रावण १० २०८००२:५१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij