Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरणबारे एमालेले सरकारको जवाफ माग्ने

सुन प्रकरणबारे एमालेले सरकारको जवाफ माग्ने

  • बुधवार, श्रावण १० २०८०

  • 267
    SHARES

  • सुन प्रकरणबारे एमालेले सरकारको जवाफ माग्ने

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अबैध सुन प्रकरण बारे सरकारको जवाफ माग्ने भएको छ। आज (बुधबार) बसेको संसदीय दलको बैठकबाट एमालेले सरकारसँग तथ्यगत रिपोर्ट माग्ने निर्णय गरेको हो।

    एमालेले उक्त प्रकरणमा सशक्त ढंगले अघि बढ्ने रणनीति लिएको छ। सय किलो सुन तस्करी प्रकरणमा छानबिनसहित सम्बन्धित मन्त्रीको जवाफ माग्ने एमाले संसदीय दलले निर्णय गरेको छ।

    बैठकपछि एमालेका सांसद रघुजी पन्तले भन्नुभयो,‘काम चाहिँ नगर्ने, यत्रो दिन भइसक्यो कम्पनीका मान्छेहरु को हुन् भन्ने पत्ता लगाउन सकेको छैन अनि मन्त्रीहरु चाहीँ ठूलाठूला कुरा गर्दै हिँड्ने ! त्यो भएन, दोषि पत्ता लगाउनुपर्यो ।’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।


    बुधवार, श्रावण १० २०८००२:४४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij