Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

चितवनमा खोला तर्दै गरेको बस बाढीले डुवायो

चितवनमा खोला तर्दै गरेको बस बाढीले डुवायो

  • बुधवार, श्रावण १० २०८०

  • 1.6K
    SHARES

  • चितवनमा खोला तर्दै गरेको बस बाढीले डुवायो

    काठमाडौं। चितवन माडीमा बाढीले बस डुबाएको छ। चितवनको माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई आज बाढीले डुबाएको हो।

    चालकसहित ३ जना यात्रु सवार बस ठोरीतिरबाट बसन्तपुर माडीतर्फ आउँदै गरेका बेला खोलामा फसेको हो। यात्रुहर तिनै जना सकुशल रहेको माडि प्रहरीले जानकारी दिएको छ।

    इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक दीपक रिजालले भन्नुभयो, ‘सुरुमा पानी कम हुँदा बस खोलामा हालेछन्, बालुवामा बस भासियो, पछि खोला बढेर आउँदा निकाल्न सक्ने अवस्था भएन, बस कोल्टिएर डुब्ने अवस्था आयो,अहिले भने खोलामा पानिको बहाब बिस्तारै कम हुँदै गएको छ ।’ माडी क्षेत्रमा गएरातिदेखि नै ठूलो पानी परेको रिजालले जानकारी दिनुभयो ।

    माडी–ठोरी हुलाकी सडक अन्तर्गत पर्ने घाँघर खोलामा पुल निर्माणको काम सुरु भए पनि सकिएको छैन। जसकारण माडितर्फबाट जिल्ला सदरमुकाम भरतपुरतर्फ आउजाउ गर्ने सर्वसाधरणले सास्ती पाउने गरेका छन्।


    बुधवार, श्रावण १० २०८००२:१६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij