Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको केन्द्रिय समिति बैठक आज सकिँदै

कांग्रेसको केन्द्रिय समिति बैठक आज सकिँदै

  • बुधवार, श्रावण १० २०८०

  • 321
    SHARES

  • कांग्रेसको केन्द्रिय समिति बैठक आज सकिँदै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज सम्पन्न हुँदै छ ।

    साउन २ गतेदेखि जारी बैठकको निर्णय लेखनमा भने नेताहरुबीच गलफत्ती चलिरहेको छ । हिजो बसेको बैठकले निर्णय लेखनमा सहमति जुटाउन नसकेपछि आज फेरी पदाधिकारी बैठक बसेर निर्णयलाई अन्तिम रुप दिने तयारी गरिएको छ ।

    पदाधिकारी बैठकले तयार पारेको निर्णय दिउँसो ४ बजे बस्ने केन्द्रिय कार्यसमितिको बठकले पारित गर्नेछ । कांग्रेसले आगामि मंसिरमा नीति महाधिवेशन गर्ने विषयमा भने समझदारी जुटाएको छ । पार्टी महाधिवेशनको ६ महिनाभित्र गर्नुपर्ने नीति महाधिवेशन डेढ वर्षसम्म पनि हुन सकेको थिएन ।

    महामन्त्री गगन थापाले प्रस्तुत गरेको एक वर्षे कार्यायोजना र २०८२ सालभित्रै पार्टीको १५ औं महाधिवेशन गर्ने प्रस्तावबारे नेताहरुबिच सहमति जुट्न सकेको छैन ।


    बुधवार, श्रावण १० २०८००७:३२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij