Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस बैठकमा एक अर्कालाई दोष थुपार्ने काम मात्रै,बालकृष्ण खाँणलाई पदबाट निलम्बन गर्न आनाकानी(खासखबर)

कांग्रेस बैठकमा एक अर्कालाई दोष थुपार्ने काम मात्रै,बालकृष्ण खाँणलाई पदबाट निलम्बन गर्न आनाकानी(खासखबर)

  • मंगलवार, श्रावण ९ २०८०

  • 318
    SHARES

  • कांग्रेस बैठकमा एक अर्कालाई दोष थुपार्ने काम मात्रै,बालकृष्ण खाँणलाई पदबाट निलम्बन गर्न आनाकानी(खासखबर)

    काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक विधान अनुसार प्रत्येक दुई–दुई महिनामा बस्नुपर्ने हुन्छ। तर, पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न कारण देखाउँदै टर्दै गएको बैठक साउन २ गते करिब १ वर्षपछि बस्यो। दलहरू सकभर बैठक बस्दैनन्। बसिहाले पनि जनअपेक्षाका विषयमा एजेन्डा बनाएर छलफल गराउन रुचि राख्दैनन्।

    अहिले दलका बैठकहरू केवल मनको तितो पोख्ने थलो बनेका छन्। नेताहरू एकअर्काका पक्ष विपक्षमा ध्रुवीकृत गर्नमा तल्लीन हुन्छन्। कांग्रेस केन्द्रीय समिति बैठक पनि पार्टी सभापति देउवाको गुणगान गाउन मात्रै बसेकोजस्तै भएको छ। बैठकमा न त केन्द्रीय सदस्यहरुले मनलाई बेस्सरी खोल्न सके,न निचोड नै सकारात्मक आउने संकेत देखिन्छ।

    महामन्त्री गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई संस्थापन पक्षले गम्भीर रुपमा पनि लिन सकेन। आफूलाई भ्रष्टाचार विरोधी र सुशासनको हिमायती ठान्ने कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न सकेको छैन ।

    उल्टै खाँणको विरुद्ध बोल्ने केन्द्रीय सदस्यहरु नेतृत्वको नजरमा परे। कांग्रेस केन्द्रीय सदस्य निर्प वडले पनि खाँणविरुद्धको आरोप प्रमाणित नभएकोले पार्टी सदस्यबाट निकाल्न आवश्यक नरहेको बताउनुभयो ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरुले पार्टीका जुनसुकै व्यक्तिलाई कुनै कसुर आरोप लागेपछि जिम्मेवारीबाट मुक्त गर्नुपर्ने सुझाव देउवा खेमाले गम्भीर रुपमा लिएको छैन । संस्थापन इत्तर पक्षले भ्रष्टाचारविरुद्ध कांग्रेस निर्मम छ भन्ने प्रभाव पार्न सक्नुपर्ने बताएपनि आरोप लागेका व्यक्तिलाई जोगाउन खोज्नु बिडम्बना हुने कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बताउनुभयो ।

    कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले बैठकले सहीमार्ग पहिल्याउन नसकेको बताउनुभयो।आफूभित्रै टुटफुट हुने श्रृंखलाले प्रसउ पाएको उहाँको दाबी छ।इतिहासमा पहिलोपटक बैठकलाई लाइभ गरेर कांग्रेसले आम कार्यकर्तामा आफ्ना धारणा सुनाएपनि एक वर्षदेखिका तीता विषयहरु खुल्न नसकेको बताउन थालिएको छ।

    संस्थापन पक्षले आफूले गरेको एकलौटीलाई ढाकछोप गर्न र बैठकमा आउने गुनासाहरुलाई सामना गर्न समस्या आउनसक्ने भएकोले सभापति वरिपरिको टिमले देउवालाई लाइभको सुझाव दिएको हुनसक्ने आंकलन गरिएको छ ।


    मंगलवार, श्रावण ९ २०८००८:००:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij