Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अन्ततः नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी नहुने

अन्ततः नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी नहुने

  • मंगलवार, श्रावण ९ २०८०

  • 519
    SHARES

  • अन्ततः नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी नहुने

    काठमाडौं। नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ। सहमतिअनुसार भागबण्डा नमिलेको भन्दै सरकारमा सहभागी नहुने निर्णय गरिएको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिनु भएको हो। मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै अध्यक्ष श्रेष्ठले यस्तो जानकारी दिनु भएको हो।

    ’नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकोले सहभागी नहुने जानकारी गराउँदछौं,’ पत्रमा भनिएको छ। टीकापुरस्थित पार्टी कार्यालयमा भएको बैठकले दुई मन्त्री र दुई राज्यमन्त्री माग गरेको छ।

    यसअघि नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी तयारी गरेको थियो।तर पूर्वसहमति अनुसार मन्त्रालय नपाउने भएपछि मुख्यमन्त्रीलाई पत्र लेखेर जानकारी गराइएको हो।

    यसअघि पार्टीका संरक्षक रेशमलाल चौधरी र मुख्यमन्त्री शाहबीच भएको भेटवार्तामा सात दिनभित्र सरकारमा सहभागी हुने सहमति भएको थियो। तर अन्तिममा आज सहमति कार्यान्वयनमा नआउँदा सरकारमा सहभागी हुने निर्णयबाट पछी हटेको हो ।


    मंगलवार, श्रावण ९ २०८००५:२१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij