Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सभापति बुढो हुनुभयो, अब उपसभापति र महामन्त्रीहरुले पार्टीको नेतृत्व लिनुपर्यो : डा. चन्द्र भण्डारी

सभापति बुढो हुनुभयो, अब उपसभापति र महामन्त्रीहरुले पार्टीको नेतृत्व लिनुपर्यो : डा. चन्द्र भण्डारी

  • मंगलवार, श्रावण ९ २०८०

  • 535
    SHARES

  • सभापति बुढो हुनुभयो, अब उपसभापति र महामन्त्रीहरुले पार्टीको नेतृत्व लिनुपर्यो : डा. चन्द्र भण्डारी

    काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने बताउनुभएको छ ।

    मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उहाँले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरु सामुहिक रुपमा अगाडी बढाउनुपर्ने बताउनुभएको हो ।

    नेता भण्डारीले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरुले लिनुपर्ने बताउनुभयो।उहाँले उपसभापति र महामन्त्रीहरुका बीचमा बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न आग्रह गर्नुभयो।

    नेता भण्डारीले केन्द्रिय समितिमा संस्थापनइतर समूहका नेताहरुलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरुलाई सदस्य बनाउन नसक्नेले अरुको प्रतिनिधित्व गर्न नसक्ने बताउनुभयो ।

    नेता भण्डारीले टिम नै बनाएर अगाडी बढ्न पनि आग्रह गर्नुभयो । टिम बनाएर अगाडी बढेमा युवाहरुलाई स्वागत गर्न समयले पर्खिरहेको उहाँको भनाई छ ।


    मंगलवार, श्रावण ९ २०८००४:३७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij