काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने लिखित प्रस्ताव गर्नुभएको छ । जारी केन्द्रीय कार्यसमिति बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा महामन्त्री थापाले यस्तो प्रस्ताव राख्नु भएको हो ।
पार्टी कार्यालय सानेपामा अहिले जारी बैठकमा उहाँले सुशासनसम्बन्धी १३ पृष्ठ लामो लिखित प्रस्ताव राख्नु भएको हो । उहाँको प्रस्ताव छ, ‘कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने पार्टीसँग अलग राख्नुपर्छ, त्यस्तो अवस्था हुन्न भने निलम्बन गर्नुपर्छ ।’