Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सभापति ज्यू, कार्यकर्तामा निराशा बढ्यो, धुप जलाउनेसँग होइन, नागरिकसँग संवाद गरौंः गगन थापा

सभापति ज्यू, कार्यकर्तामा निराशा बढ्यो, धुप जलाउनेसँग होइन, नागरिकसँग संवाद गरौंः गगन थापा

  • सोमवार, श्रावण ८ २०८०

  • 589
    SHARES

  • सभापति ज्यू, कार्यकर्तामा निराशा बढ्यो, धुप जलाउनेसँग होइन, नागरिकसँग संवाद गरौंः गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकहरुलाई भेट्दा चरम निराशा देखेर आफू आत्तिएको बताउनु भएको छ । अहिले जारी केन्द्रीय समितिको बैठकमा बोल्दै महामन्त्री थापाले नागरिकमा निराशाको क्रम अत्यधिक बढेको भन्दै यसले आँफु निकै आत्तिएको बताउनु भएको हो ।

    उहाँले यसको समाधान नागरिकसँगै बसेर संवाद गरेपछी मात्रै निस्कीने बताउनु भयो । उहाँले सभापति शेरबहादुर देउवालाई आसपासमा बसेर धुप जलाउनेको नभई नागरिकसँग सम्वाद गर्नुपर्ने बेला भएको समेत बताउनु भयो ।

    उहाँले भन्नुभयो, ’विगतलाई नियाल्दा यस्तो बेलामा पार्टीको नेतृत्व कम्फर्ट जोनबाट बाहिर निस्किनु पर्दोरहेछ। आसपासबाट धुपसुप जलाउनेसँग होइन, झ्यालबाट चिहाउने पनि होइन, किन रिसायो भनेर नागरिकसँग संवाद गर्नुपर्दो रहेछ। त्यसपछि उनीहरुले आफ्ना कुरा भन्छन्, नेतृत्वले त्यसैलाई लिएर पार्टी जुरुक्क उचाल्न सक्छ।’

    उहाँले नागरिकहरु असन्तुष्ट रहेको भन्दै कांग्रेसको आह्वानमा व्यवस्था बदल्न साथ दिएका नागरिकले अवस्थाका विषयमा प्रश्न गरिरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ’नागरिकहरु भनिरहेका छन्, आह्वानमा साथ दियौं, अवस्था किन बदलिएन। भ्रष्टाचार हटाउँछौं भन्थ्यौ। हरेक दिन रेडियोमा त्यस्तै समाचार आइरहेका छन् र त्यहाँ तिमीहरुकै नाम जोडिएको हुन्छ।’

    उहाँले आमजनको भान्सादेखि खेतसम्म खाली रहेकोले यस्तो निराशा चिर्न पनि कांग्रेसले नेतृत्व लिनुपर्ने उल्लेख गर्नुभयो । त्यस्तो गर्न नसक्दा सरकारमा रहनुको अर्थ नरहेको उहाँको जिकिर छ । उहाँले भन्नुभयो, ’सरकारमा हामी हिजो पनि थियौं। आज पनि छौं, भोलि पनि हुन्छौं। सरकारमा हामी हुँदा के हुन्छ? हामी सरकार नभए नागरिकले के पाउँदैनथ्यो, सरकारमा भएका कारण के पायो?’


    सोमवार, श्रावण ८ २०८००५:४९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij