Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कालोमोसो दल्ने र आक्रमण गर्नेलाई पार्टीबाट निकालौं : महामन्त्री विश्वप्रकाश शर्मा

कालोमोसो दल्ने र आक्रमण गर्नेलाई पार्टीबाट निकालौं : महामन्त्री विश्वप्रकाश शर्मा

  • सोमवार, श्रावण ८ २०८०

  • 498
    SHARES

  • कालोमोसो दल्ने र आक्रमण गर्नेलाई पार्टीबाट निकालौं : महामन्त्री विश्वप्रकाश शर्मा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रातृ संगठन र शुभेच्छुक संस्थाले आफ्नो माग राख्दा मर्यादित हुनुपर्ने बताउनु भएको छ । आज जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री शर्माले कालोमोसो दल्ने वा शारीरिक आक्रमण गर्नेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुपर्ने बताउनु भएको हो ।

    उहाँले भन्नुभयो, ’माग पूरा गराउन दबाब दिनका लागि कालोमोसो दल्ने र शारीरिक आक्रमण गर्ने तथा कानुन हातमा लिनेहरूलाई पार्टी सदस्य नरहने गरी पार्टीले कारबाही गर्छ,एक ठाउँमा आक्रमण हुन्छ‚ देशरभको कांग्रेस आलोचित हुन्छ । एक ठाउँमा भ्रातृ वा शुभेच्छुक संस्थाले माग राख्दै गर्दा कालोमोसो दलिन्छ‚ देशभरको कांग्रेस बदनाम हुन्छ ।’

    यस्ता विषयमा त्यस्ता व्यक्तिको साधारण सदस्यता खारेजका साथै अन्य कारबाही पनि गर्छ भन्ने सन्देश कांग्रेसले दिनुपर्नेमा उहाँको जोड छ ।


    सोमवार, श्रावण ८ २०८००५:३८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij