Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

युरोपका नेपालीको समस्या समाधानमा लाग्छु: प्रधानमन्त्री ‘प्रचण्ड’

युरोपका नेपालीको समस्या समाधानमा लाग्छु: प्रधानमन्त्री ‘प्रचण्ड’

  • सोमवार, श्रावण ८ २०८०

  • 386
    SHARES

  • युरोपका नेपालीको समस्या समाधानमा लाग्छु: प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको छ।आज(सोमबार)रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली,बेल्जियम,स्पेन,क्रोसिया,पोर्चुगल,अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँगको भेटमा उहाँले यस्तो बताउनु भएको हो।

    प्रधानमन्त्री प्रचण्डले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने र देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिनुभयो। साथै प्रधानमन्त्री प्रचण्डले ठूलाठूला भ्रष्टाचार र तस्करीलाई कारबाही गर्न सरकारले अठोट लिएकाले राष्ट्र निर्माणमा तपाईँहरूको साथ आवश्यक रहेको बताउनुभयो ।

    यसैगरी, सो अवसरमा नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरूमा देश बन्ने भो भन्ने आत्मविश्वास बढेको र त्यसका लागि प्रधानमन्त्रीलाई बधाई दिनुका साथै आफूहरू साथमा रहने प्रतिबद्धता प्रतिनिधिहरूले जनाउनुभयो। कार्यक्रमको सुरुमा प्रधानमन्त्रीकी जीवनसङ्गिनी स्व. सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।


    सोमवार, श्रावण ८ २०८००५:२३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij