Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नेता,व्यवसायी र कर्मचारीबाट कारबाही नगर भन्ने दबाब आउन थाल्योः गृहमन्त्री श्रेष्ठ

नेता,व्यवसायी र कर्मचारीबाट कारबाही नगर भन्ने दबाब आउन थाल्योः गृहमन्त्री श्रेष्ठ

  • सोमवार, श्रावण ८ २०८०

  • 633
    SHARES

  • नेता,व्यवसायी र कर्मचारीबाट कारबाही नगर भन्ने दबाब आउन थाल्योः गृहमन्त्री श्रेष्ठ

    काठमाडौं ।उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको छ ।आज (सोमवार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले अनुसन्धानले तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने बताउनु भयो। उहाँले सरकार दोषीलाई छोड्ने काममा नलाग्ने स्पष्ट पार्नुभयो ।

    मन्त्री श्रेष्ठले राजनीतिक क्षेत्रका नेताहरु दोषी देखिइसकेपछि नियन्त्रणमा लिइ कारबाहीको प्रक्रिया अघि बढाउँदा सोही पार्टीका अन्य नेताहरुले बिरोध गर्ने, व्यवसायी, कर्मचारीहरुले पनि आफूलाई कारबाही गर्नु हुँदैन भनेर बिरोध गर्ने परम्पराको विकास हुँदै गएको बताउनु भयो ।

    उहाँले सरकार कुनैपनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको र प्रमाणसँगै सबै दोषीलाई कारबाही हुने प्रतिवद्धता जनाउनु भयो। मन्त्री श्रेष्ठले धनीलाई एउटा, गरीबलाई अर्को कानूनी कारबाही हुनेकुरा सरकारलाई सह्य नरहेको बताउनु भयो।

    उहाँले कानून सबैका लागि बराबर हुने बताउनु भयो। मन्त्री श्रेष्ठले अपराधमा संलग्नहरुलाई प्रमाणले भ्याएसम्म सबैलाई कारबाही हुने बताउनु भयो ।


    सोमवार, श्रावण ८ २०८००५:१६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij