Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कोशी सरकारको बैधानिकता विवाद : रिट निवेदन पूर्ण इजलासमा पठाइयो

कोशी सरकारको बैधानिकता विवाद : रिट निवेदन पूर्ण इजलासमा पठाइयो

  • सोमवार, श्रावण ८ २०८०

  • 361
    SHARES

  • कोशी सरकारको बैधानिकता विवाद : रिट निवेदन पूर्ण इजलासमा पठाइयो

    काठमाडौं। सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि मुद्दा पूर्ण इजलासमा पठाउने आदेश गरेको छ।न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो।

    आइतबारदेखि अन्तिम सुनुवाइ हुने भनिएकोमा आइतबार न्यायाधीश कुमार रेग्मीले मुद्दा हेर्न अस्वीकार गर्दा सुनुवाइ हुन सकेको थिएन। न्यायाधीश रेग्मीले मुद्दाको रीट दायरकर्ता पूर्व मुख्यमन्त्री हिक्मत कार्कीसँग विद्यालयमासँगै पढेको भन्दै मुद्दा हेर्न अस्वीकार गर्नुभएको थियो।

    कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि चाहिने बहुमतका लागि हस्ताक्षर गरेका कारण कोशी सरकारविरुद्ध मुद्दा परेको छ भने सर्वोच्चले कुनै पनि दीर्घकालिन प्रभावका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

     


    सोमवार, श्रावण ८ २०८००४:११:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij